BAGAICHA.COM

'...श्रोतादर्शक नै सचेत हुनुपर्छ' - Sharan Chinam

Sharan Chinam
शरण छिनाम, पछिल्लो चरणमा राम्रो सम्भावना लिएर देखापरेका संगीतकर्मी हुन् । पाँचथरको लिम्बामा जन्मेर सुनसरीको धरानमा संगीतको प्रारम्भिक ज्ञान लिएका छिनामले करिब पाँच वर्षअघि काठमाडौं आएर यसलाई निरन्तरता दिए । यही क्रममा उनले पहिलो एकल एल्बम बटुवा प्रकाशनमा ल्याएका थिए । त्यस एल्बमको 'बाटो हिँड्ने बटुवा' गीतले उनलाई शब्द र संगीततर्फ गत वर्षको हिट्स एफएम म्युजिक अवार्डसमेत जिताएको थियो । यस वर्ष पनि छिनामकै संगीतमा बजारमा आएको एल्बम सँगालेर आएँको काँडाबीच फूल देख्छु गीत अवार्डका लागि नोमिनेसनमा परेको थियो । तर, यस वर्षको एल्बमले भने उनलाई अवार्ड दिलाएन । यसप्रति उनको प्रतिक्रिया छ, 'हिट्स अवार्डको नोमिनेसनमा परेकैमा सन्तुष्ट छु ।''

आफ्नो एकल एल्बम 'बटुवा'को चर्चासँगै तपाइँको व्यस्तता बढेको हो ?   

'बटुवा' मेरो पहिलो एल्बम थियो । यस एल्बमको चर्चाकै कारण म संगीतकार तथा गीतकार भएको छु । वास्तवमै भन्नुपर्दा यो एल्बमले मेरो सांगीतिक बाटो खोलिदिएको हो । तर, हुनुपर्नेजति काम भने आफ्नै तर्फबाट भइरहेको छैन ।

गाउँबाट आएर यो सहरको भीडमा संगीतमार्फत आफ्नो पहिचान बनाउन पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

यो सहर महत्त्वाकांक्षीहरूको सहर हो । सबै आआफ्नै अस्तित्वको खोजीमा छन । त्यहीँ भीडमा आफ्नो पहिचान बनाउन पाएकोमा म अत्यन्तै खुसी छु ।

गीतलाई रिमिक्स गर्ने प्रवृत्ति बढेको छ, यसले विकृति ल्याएको आरोप लाग्ने गरेको छ नि !

गीतको रिमिक्समात्र नभएर पाइरेसी, रोयल्टीमा ठगीजस्ता समस्या उठिरहेकै कुरा हुन् । हुन त गीतको रिमिक्स गराइले विकृति ल्याएको पनि छ नै । यस्ता समस्या समाधानका लागि कानुनी प्रावधानको कुरा पनि टड्कारो रूपमा उठेको छ । तर, कानुनी प्रावधान कसले पालना गर्ने ? समस्या समाधानको सजिलो उपाय त दर्शक/स्रोता सचेत बन्नु नै हो भने अर्कातर्फ सञ्चारकर्मी र सञ्चारगृहले पनि यसमा सहयोग गर्न सक्छन् । गायकगायिकाले पनि आफ्नो क्षमताप्रति विश्वास राखेर श्रोतालाई त्यहीअनुरूपको सिर्जना पस्कनुपर्छ । यी कुरा भए भने कानुनी प्रावधानको आवश्यकता पर्छजस्तो लाग्दैन ।

अहिलेसम्मको सांगीतिक यात्रामा के पाएजस्तो लाग्छ ?

सिर्जनाको खेतीमा अहिलेसम्म के पाएँ र के गुमाएँ भनेर लेखाजोखा गरेको छैन । र, लेखाजोखा गर्ने बेला पनि भएको छैन । यतिचाहिँ सगर्व भन्न सक्छु कि श्रोताको मायाका साथ नाम, इज्जत र संगीतप्रतिको दरिलो आत्मविश्वास पाएको छु ।

तपाइँ सिर्जनामा कुन पक्षलाई ध्यान दिनुहुन्छ ?

म आफू बाँचेको परिवेशअनुकूल गीत/संगीत सिर्जना गर्छु । म पनि एक आम नेपालीजस्तै भएकाले मैले मेरा हरेक सिर्जनामा नेपाली माटोको सुुगन्ध दिने प्रयास गर्छु ।

गीतमा संगीत भरेपछि तपाइँलाई कस्तो अनुभूति हुन्छ ?

गीत सुन्नमा जति कर्णपि्रय हुन्छ यसको सिर्जनात्मक पक्ष त्यति नै जिम्मेवार र संवेदनशील छ । तर, यसो भन्दैमा आफ्नो जिम्मेवारीबाट पन्छन खोजेको भने पक्कै होइन । मेरा सिर्जनाहरू आत्मिक अभिव्यक्ति हुने भएकाले म आफ्नो कामप्रति सन्तुष्ट छु ।

संगीत गरेर जीवन धान्न सकिन्छ त !

नेपाली संगीत बजार 'संगीत उद्योग'का रूपमा व्यावसायीकरण भइसकेको छ । तर, यसो भन्दैमा सबैले सहजतापूर्वक बाँच्ने वातावरण बनिसकेको छ भन्ने होइन ।

तपाइँका योजनाचाहिँ के छ ?

मैले स्पष्ट योजना बनाएको छैन । अर्कातर्फ भविष्य हेरेर केही भन्न पनि सकिन्न । यद्यपि, आफ्नो तर्फबाट गीत/संगीत सिर्जनालाई निरन्तरता दिने हो ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?

नेपाली गीत/संगीत हाम्रो मौलिक सम्पत्ति हुन्, यसैमा हाम्रो अस्तित्व छ । यसलाई जर्गेना गर्नु हाम्रो साझा कर्तव्य र दायित्व पनि हो । त्यसैले यस्ता सिर्जनालाई माया गरेर सुनिदिनुहोला ।

 

अन्तरवार्ताकार: सचित राई बगैंचा डटकम्


Views : 339 | Date : 2010-02-01

Comments so far

* No comments so far

Leave Your Comment

Name
Email Address
Country
Comments
Please enter the string shown.
 
Recent Comments
 orierpext
дом 2 официальный сайт
 Menuca
Good joB The stond Amp...rEallY liked ur MusIC N VidEO TOO..kp ROCKING !!
 suzeeta Gurung
thank u all for the comments!! N yes just to clear the confusion im da one who sang Daar lagcha... it was long time back n i was still learning how to sING ;) it was like a TRIAL shot n i cant believe so many of u liked it... well wait out for my new song.... im still working on my video... as soon as im done wid it.... i;ll let u guys know... thanks again ;) @PEA- thank u love!!
 Hangma Limbuni
Hello Mumpy I\'m prety much inspired from your confidance level, it\'s realy inspired us. we(my entire family) used to watch your show through the internet and loved your unique style of talking,your traditional fashion and interior decoration of your shows.Thank you and wish you every success!
Search Interview
by Name  
by Category