BAGAICHA.COM

हाम्रो समाज नै आर्थिक,सामाजिक रुपमा पिछडिएको अवस्थामा साहित्य साह्रै उन्नत हुने कुरा भएन । तथापि, नेपाली साहित्यको स्तरीयतालाई ...... - उमेश अकिञ्चन

उमेश अकिञ्चन
राम्रो समालोचना र निबन्ध पनि लेख्नुहुने युवा कवि उमेश अकिञ्चन एक प्रतिभाशाली र वौद्धिक व्यक्तित्व हुनुहुन्छ । करिब डेढ दशक अघिबाट लेखन यात्रा सुरु गर्नु भएका कवि अकिञ्चनका विभिन्न साहित्यिक पत्र पत्रिकामा साह्रै गहकिला कविता, गीत र गजलहरू प्रकाशित भएका छन् । तर उहाँका एउटा गीत तथा गजल संग्रह बाहेक अन्य कृतिहरू प्रकाशित भने भएका छैनन् । संख्यात्मक भन्दा गुणात्मक साहित्यमा विश्वास राख्नु हुने कवि अकिञ्चनसित अशोक राईले लिएको अन्तरवार्ता ।

अहिले नेपाली साहित्यिक बजार (चहल पहल) कस्तो चल्दैछ ?

साहित्यको चहलपहल राम्रै छ । दैनिक किताब बिमोचन र साहित्यिक कार्यक्रमहरू भएकै छन् तर साहित्यको पाठक र बजार प्रबर्द्घन अपेक्षा अनुरुप हुन सकेको छैन ।

तपाई एक सशक्त युवा कवि तथा लेखक भएरपनि आफ्ना सृजनाहरू बाहिर ल्याउनु हुन्न यसको कारण के हो ?

खास केही कारण छैन । सिमित स्रोत, साधन भएको व्यक्तिले चाहना अनुरुप खर्च गर्न नसकेको जस्तो मात्र हो । किनभने म सँग धेरै सिर्जनाहरू हातमा छैनन् । विशेषतः कविता संग्रह प्रकाशन गर्दा पाठकलाई सार्वजनिक भइसकेका भन्दा केही नयाँ कविताहरूको स्वाद पस्कन दुई-चार सिर्जनाहरू सार्वजनिकिकरण नगरेको मात्र हुँ ।

तपाईको एउटा कृतिमात्र बाहिर आयो । कविताका अतिरिक्त निबन्ध र समालोचनामा पनि कलम चलाइरहनु भएको छ तपाईका अन्य कृतिहरू कहिले बाहिर आउने हुन त ?

पहिलो कुरा, म संख्यात्मक भन्दा गुणात्मक कृतिको पक्षपाति हुँ । सिर्जनामा परिष्कार खोज्दा-खोज्दै कृति आउँन ढिला भएको हो । अर्को कुरा, म पढाइमा अलि बढि नै अल्झिए कि जस्तो लाग्छ । तर, २०६७ को शुरूवातसँगै कविता कृति प्रकाशन गर्दछु । अनि क्रमश.....निबन्ध र कथा संग्रह प्रकाशनको पनि सोचमा छु ।

तपाई सारै गहकिला गजल र गीत पनि लेख्नु हुन्छ तपाईले लेख्ने विधाहरूमध्ये कुन विधा ज्यादा मन पर्छ ?

मैले नाटक र उपन्यास बाहेक सबै विधामा कलम चलाएको छु । हुनत, कविता धेरै प्रकाशित भएकोले होला मलाई चिन्नेहरूले कवि नै भनेर चिनेजस्तो लाग्छ । तर मलाई साहित्यको कुनै एउटा विधामा सिमित भएर रमाउन मन लाग्दैन । मलाई के लाग्छ भने, मूल प्रश्न कुन विधामा कलम चलायो भन्दा पनि कसरी चलायो भन्ने हो । उपन्यासमा कलम चलाउँदैमा उ महान, गजल लेख्दैमा उ पत्रु भन्ने benchmark गरीनुहुन्न । मैले भन्नुपर्दा, मेरालागि सबै विधा समानरुपले प्रिय छन् । किनकी गीत, गजलले मलाई साहित्यको सामिप्यता दियो, कविताले साहित्यकारहरूको माझमा पु-यायो अब आख्यानले मानिसहरूको हृदयसम्म पु-याउनेछ जस्तो लाग्छ ।

नेपाली साहित्यको स्तर र अहिले लेखिदै आइएको विविध साहित्यिक धारहरूप्रति कस्तो धारणा राख्नु हुन्छ ?

हाम्रो समाज नै आर्थिक,सामाजिक रुपमा पिछडिएको अवस्थामा साहित्य साह्रै उन्नत हुने कुरा भएन । तथापि, नेपाली साहित्यको स्तरीयतालाई सन्तोषजनक रुपमा लिनु पर्दछ । जहाँसम्म विविध धारहरूको सवाल छ, हामी साहित्यलाई बढी theorize गर्न लाग्यौं कि जस्तो लाग्छ । समयको आवश्यकता अनुरुप आएका धारहरूलाई सकारात्मक लिन सकिए पनि, फेशन जस्तो आएको विचारहरूको बाढीलाई भने पचाउन सकिदैंन ।

 

नेपाली साहित्यमा आज परम्परा नमान्ने र अन्य सौन्दर्यशास्त्रहरूको वकालत गर्ने समूहहरू देखिदैछन् यस्लाई के भन्नुहुन्छ ?

Novelty is better than repetition भनिन्छ । परम्परावादी सोचले अबको साहित्य लेखिनु हुन्न भन्ने मलाई पनि लाग्छ । विभिन्न सौन्दर्यशास्त्रबाट साहित्यको विकास हुनु समयको सहि दिशानिर्देश हो भन्ने ठानेको छु ।

उत्तर आधुनिकताको पैरवी गर्दै त्यसमा अस्तित्व, पहिचान, समावेसीता र समानुपातिकता जस्ता कुराहरूको वहश उतिकै चलेकोछ तपाईको नजरमा यो ठीक या बेठीक के हो ?

उत्तरआधुनिकता बहुल विषय केन्द्रित छ । समाजशास्त्र, राजनीतिशास्त्र साथ-साथै साहित्यमा यस्को प्रयोग भएको छ । शासन प्रणालीका विभिन्न स्वरुप, संयन्त्र परिवर्तन हुँदै गर्दा नेपालको राज्य संरचनामा पनि यी भावना मुखरीत हुनुपर्ने हुन्छ । उत्तरआधुनिकतालाई हामीले साहित्यिक चश्माबाट मात्र नहेरी holistic approach मा हेर्नुपर्छ । उत्तरआधुनिकता ले उठाएका बहुल विचार, बहुल केन्द्र अनि बहुल संस्कृति आदि सकारात्मक कुराहरू हुन ।  

हङकङ लगायत अन्य प्रवासी नेपाली साहित्यलाई कसरी हेरिरहनु भएको छ ?

नेपाली साहित्यको लागि हङकङ उर्वर भूमि हो । १९९७-९८ देखि नै त्यहाँका साहित्यिक पत्रिकाहरू पढदै आएको छु । जुझारु साहित्यकारहरूको क्रियाशिलताले हङकङ नेपाली साहित्यको लागि नयाँ क्षितिज बन्दैछ । बेलायत, अमेरिकामा पनि नेपाली साहित्यको चहलपहल राम्रै छ जस्तो लाग्छ ।

प्रवासमा बसेर लेख्ने साहित्यकार र प्रवासबाट लेखिएका कृतिहरूलाई मूलधारले कम महत्व दिने गरेको छ भनिन्छ । के भन्नुहुन्छ ?

प्रवासमा बसेर कृति निकाल्नु संघर्षपूर्ण र प्रशंसनिय दुवै कार्य हो । प्रवासको पीडा र आवाज, मूलधारले नसुनेको पनि सत्य हो । दुःखको कुरा साहित्यिक बजारमा साधै राम्रा कृतिले मात्र चर्चा पाउदैनन् । काठमाडौंमै बसेर लेख्नुहुने रमेश क्षितिज दाइको कविता संग्रह "अर्को साँझ पर्खेर साँझमा" ले पनि आवश्यक चर्चा पाएन । जबकि, त्यो कृति नेपाली साहित्यकै 'मास्टरपिस' कृति हो भन्ने लाग्छ । तथापि, मेरो विश्वास के हो भने, राम्रो कृति वा लेखक स्वदेश वा परदेश जहाँ भएपनि एकदिन त्यसको उचित मूल्यांकन भएरै छाडने छ ।

वर्तमान राजनैतिक सन्दर्भ खासगरिकन नयाँ संविधान निर्माण गर्ने र संघिय लोकतन्त्र संस्थागत गर्ने कुरामा लेखक साहित्यकारको भूमिका कस्तो होला ?

साहित्यकारहरूको काम नै लेख्ने हो । लेख्नु भन्दा बढि गर्नसक्ने उनीहरूको सामर्थ्य पनि हुन्न । साहित्यकारहरू नीति बनाउन सक्दैनन्, निर्णय गर्न सक्दैनन् तर राज्यको नीति निर्माणमा नागरिकको आवाज पु-याउन सक्छन् । साहित्यकारको भूमिका संविधानमा लक्षित नागरिकका right,voice लाई प्रतिनिधित्व गराउनु र नागरिकलाई देशमा भएको आमुल परिवर्तन र संघियता प्रति सकारात्मक पार्नु हो । त्यसका लागि साहित्यकारहरूले advocacy गर्नुपर्दछ ।

आदिवासी जनजातिहरू राज्यसत्ता संयन्त्रको पहुचविहिन् अवस्था र न्यून पहिचानको समस्यामा गुज्रिएकै छन् यी कुराहरू आज लेखक तथा साहित्यकारले लेख्दै आएको पनि हो । तपाई एउटा आदिवासी र जनजाति मूलको साहित्यकारले यो विषयलाई कसरी नियाल्नु भएको छ ?

हङकङमा आदिवासी/जनजाती समुदायबाट महावाणिज्यदूत माग गर्दा त सुनुवाइ भएन भने राज्यसत्ताले जनजातिलाई कसरी हेर्छ त्यो त प्रष्ट नै छ । लोकतन्त्र आउनु अघिको कुरा छोडौं, लोकतन्त्र आएपछि आदिवासी/जनजाति समुदायबाट कतिजना राजदूत, महाबाणिज्यदूत, सि.डि.., न्ययाधिश बने यस्को लेखाजोखा हुनुपर्छ । यो राज्यले मधेश आन्दोलन चर्किदा शिक्षा सेवाबाट मधेशी समुदायको त्यो पनि एक तह मुनिबाट ४-५ जनालाई सि.डि.. बनाएको थियो । हामी आदिवासी/जनजाति को फुटको कारण bargaining capacity कमजोर भएकोले हाम्रा brainy and bright प्रतिभाहरू ओझेल परेका हुन् । लोकतन्त्र भनेको केवल नारामात्र होइन, लोकतन्त्र भनेको पहुँच, पहिचान र प्रतिनिधित्वको व्यवहारिक अभ्यास पनि हो । तर, नेपालमा यस्को लागि हामीले अझै धेरै पर्खनुपर्छ ।

अन्तमा अहिले अनलाइन साहित्यको निकै ठुलो बजार छ । हामीले यसको कसरी सदुपयोग गर्न सक्छौं ?   बगैंचा डट् कमको माध्यमबाट विश्वभरिका पाठकहरूलाई केही भन्नु हुन्छ की ?

नेपाली साहित्यका e-magazine हरूले धेरै लेखक, पाठकहरूलाई समेटेका छन् । तर, कतिपय बान्कि नपरेका रचनाहरू e-magazine का कमजोरीहरू हुन् भन्ने ठानेको छु । भावनाको सम्पादन कही हुँदैन तर विधागत रुपमा जानकारीमूलक, पृष्ठपोषणयुक्त काम पनि सम्पादक मन्डलबाट भए पाठक र लेखक दुवैलाई लाभ नै हुने थियो । अन्त्यमा, अवसरको लागि बगैंचा डट कम परिवार तथा अशोक दाइलाई आभार व्यक्त गर्दछु । साहित्यिक सहयात्रामा हुनुहुने विश्वभरका महानुभावहरूमा मेरो नमस्कार ।


Views : 380 | Date : 2010-03-01

Comments so far

 maniraj from Nepal says on 05 May 2010
i like it . very nice intervew .

Leave Your Comment

Name
Email Address
Country
Comments
Please enter the string shown.
 
Recent Comments
 orierpext
дом 2 официальный сайт
 Menuca
Good joB The stond Amp...rEallY liked ur MusIC N VidEO TOO..kp ROCKING !!
 suzeeta Gurung
thank u all for the comments!! N yes just to clear the confusion im da one who sang Daar lagcha... it was long time back n i was still learning how to sING ;) it was like a TRIAL shot n i cant believe so many of u liked it... well wait out for my new song.... im still working on my video... as soon as im done wid it.... i;ll let u guys know... thanks again ;) @PEA- thank u love!!
 Hangma Limbuni
Hello Mumpy I\'m prety much inspired from your confidance level, it\'s realy inspired us. we(my entire family) used to watch your show through the internet and loved your unique style of talking,your traditional fashion and interior decoration of your shows.Thank you and wish you every success!
Search Interview
by Name  
by Category